जापान

मेलम्चीको पानी काठमाडौं आएकोमा नेपालका लागि नवनियुक्त राजदूत युताका खुसी

नेपालका लागि जापानी राजदूत युताका किकुता

नेपालका लागि नवनियुक्त जापानी राजदूत किकुता युताकाले राजदूत किकुताले मेलम्ची खानेपानी आयोजना सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै यसले काठमाडौँको जनजीवनमा सुधार आउने बताउनुभयो । जापानले उक्त आयोजनाकै अभिन्न भागका रूपमा रहेको सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण गरेको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो । त्यस क्रममा राष्ट्रपति र राजदूत किकुताबीच नेपाल–जापान द्विपक्षीय सम्बन्ध, कोभिड–१९ महामारी सिर्जित परिस्थिति, व्यापार तथा लगानी प्रवद्र्धन र नेपालको आर्थिक–सामाजिक विकासका विषयमा छलफल भएको थियो ।



राजदूत किकुताले सन् २०२५ मा ओशाका, कान्साइ एक्स्पो नेपालले पनि भाग लिइ ‘समृद्ध नेपाल, सुखी नेपाली’का लापग बाह्य लगानी आकर्षित गर्न सक्ने पनि बताउनुभयो । संक्षिप्त छलफलमा राजदूत किकुताले ‘नेपाल र जापानबीच मैत्रीपूर्ण र घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीच सधैं मजबुत सम्बन्ध कायम रहने’ उल्लेख गरेको राजदूतलाई उद्धृत गर्दै काठमाडौँस्थित जापानी दूतावासले जनाएको छ ।

जापान–नेपाल सम्बन्ध थप उचाइमा पुर्याउन प्रयत्नशील रहनेछु : जापानी राजदूत किकुता

सम्बन्धित खबर

Back to top button