राजनीति

प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक जारी, प्रचण्ड र माधव नेपाल समूह अनुपस्थित

मुलुकको समसामयिक विषय र कोरोना संक्रमणको महामारीकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक जारी छ ।



मुलुकको गम्भीर विषयमा छलफल गर्न बैठक बोलाइएको भए पनि सत्तारुढ एमालेका माधव नेपाल समूहका नेता तथा नेकपा (माओवादी केन्द्र)का नेता भने कोही सहभागी भएका छैनन् ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता प्रकाशचन्द्र लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी हुनुहुन्छ ।

सम्बन्धित खबर

Back to top button