जल/वातावरण

शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष

मुलुकभर कोरोना संक्रमण बढिरहेको र संक्रमितमध्ये धेरैजसो बालबालिका रहेपछि कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

worldondemand
mirai-life

शनिबार सेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको कोभिड १९ को संक्रमण रोकथामसम्बन्धी आदेशबारे भएको छलफलमा सो निष्कर्ष निकालिएको हो । यसबारे अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ ।

बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले दिनुभएको जानकारी अनुसार सीसीएमसीको आदेशमा विद्यालय बन्द गर्ने शब्द नभए पनि धेरै संक्रमण देखिएको ठाउँहरुमा तत्कालका लागि वैकल्पिक विधिमार्फत विद्यालयहरुमा पठनपाठन गर्नुपर्छ भन्ने छलफल भएको छ र अब क्याबिनेटले आवश्यकता अनुसार निर्णय गर्छ ।

सम्बन्धित खबर

Back to top button