राजनीति

परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, के भयो कुराकानी ?

नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ता

मन्त्रालयमा आइतबार भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री साउदले नेपाल–भारतबीच सदियौँदेखि सौहार्द्रपूर्ण मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै आगामी दिन थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत श्रीवास्तवले मन्त्री साउदलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । मन्त्री साउदले आजै मात्र नियुक्त भई पदभार सम्हाल्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.