क्रिकेटखेल

विश्वकप लिग-२ को लागि नेपाली टोलीको घोषणा, विनोदले पुनरागमन गर्दा अर्जुन समेटिए

आगामी बैशाख १२ बाट सुरु हुने नेपाल, युएई र ओमान सम्मिलित आईसीसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट टोलीको घोषणा गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ(क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विनोद भण्डारी र युवा ओपनर अर्जुन कुमाललाई पनि समावेश गरिएको छ । विनोदले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा अर्जुनले भने घरेलु क्रिकेटमा सानदार प्रदर्शनपछि सिनियर राष्ट्रिय ओडिआई टोलीमा स्थान पाएका हुन् । विनोदले पछिल्लोपटक सन् २०२२ मा स्कटल्यान्डसँग खेलेका थिए ।

त्यस्तै टोलीको अन्य खेलाडीमा दीपेन्द्रसिंह ऐरी(उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल, करण केसी रहेका छन् ।

यस्तै वैकल्पिक खेलाडीमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाल रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.