संक्रमितको संख्या १० हजार नाघ्यो- प्रत्येक व्यक्तिलाई एक लाख येन दिने योजना

जापानमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । शनिबार दिउँसोसम्मको आँकडा अनुसार यो संख्या डायमण्ड प्रिन्स क्रुजमा रहेका संक्रमित बाहेकको हो ।
संक्रमितहरुमा राजधानी टोकियोमा सबैभन्दा बढी रहेका छन् । शनिबार मात्रै टोकियोमा १ सय ८१ नयाँ संक्रमित फेला परेका थिए । अहिलेसम्म टोकियोमा २ हजार ९ सय ७५ संक्रमित पाइएको छ ।
यसै गरी देशभर लगाइएको संकटकालका कारण जापानका प्रमुख पर्यटकीय स्थलहरु सुनसान रहेका छन् । शुक्रबार मात्र जापान सरकारले ६ मेसम्म देशभर संकटकाल घोषणा गरेको थियो ।
प्रधानमन्त्री शिन्जो आबेले होक्काइदो, इबाराकि, इशिकावा, गिफ़ु, आइचि, और क्योतोमा पनि टोकियो, कानागावा, साइतामा, चिबा, ओसाका, ह्योगो र फ़ुकुओकामा फैलिइरहेको भन्दै देशमा संकटकाल लगाएको बताउनुभएको थियो ।
उहाँले कोरोना संक्रमण १३ प्रान्तमा मात्र नभए अन्यत्र पनि बढिरहेको र यसको कारण शहरबाट अन्यत्र जाने गरेका कारण सानो संख्यामा भैरहेको संक्रमणको संख्या बढिरहेको र यसबाट महामारी फैलनुअघि नै नागरिकलाई एक स्थानबाट अर्को स्थानमा जानबाट रोक्नका लागि संकटकाल लगाएको बताउनुभएको थियो ।
देशभर संकटकाल लागू भएपछि सरकारले दिने आर्थिक सहायताको दायरा बढाउने र जापानमा रहेका हरेक व्यक्तिलाई एक लाख येन प्रदान गर्नका लागि सत्तारुढ दललाई आग्रह गर्ने पनि घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्