राजनीति

माधव नेपाल समूह माओवादी प्रवेश गर्ने तयारीमा रहेको खुलासा

समानान्तर गतिविधि गरी आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर अर्को सरकार बनाउन कम्मर कसेर लाग्नुभएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह छिट्टै माओवादीमा प्रवेश गर्ने तयारीमा रहेको एक माओवादी नेताबाट खुलासा भएको छ ।

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको बताउँदै निकट भविष्यमै नेकपा माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुनसक्ने बताउनुभएको हो ।

आइतबार पर्वत सदरमुकाम कुश्माबजारमा माओवादी केन्द्रद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको जनाउँदै एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँग समेत निरन्तर छलफल र संवाद अघि बढेको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रुपमा तयार रहेको जनाउँदै जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण ढिलाइ भएको सुनाउनुभयो ।

उहाँले जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहे पनि केही नेता प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.