राजनीति

मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिका : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

मन्त्री शर्मा

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशनको बिहिबार उद्घाटन गर्दै उहाँले दूसञ्चार सेवाको अभावमा मुलुकको सर्वाङ्गीण विकास असम्भव छ भन्नुभयो ।

“दूरसञ्चार सेवा गुणस्तरीय भएन, सबै नागरिकको पहुँचमा गुणस्तरीय सेवा नपुग्दा मुलुकको विकासमा बाधा पुग्छ”, मन्त्री शर्माले भन्नुभयो, “सरकारी शेयर भएका कारण पनि टेलिकमले मुनाफा नभए पनि दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्ने दायित्व अगाडि छ ।”

सेवालाई गुणस्तरीय बनाएर लैजानुपर्नेमा जोड दिँदै मन्त्री शर्माले ‘डिजिटल डिभाइड’ न्यूनीकरण गर्न विशेष योजना ल्याउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिनुभयो ।

“आजका दिनमा पनि ‘डिजिटल डिभाइड’ कायमै छ, सबै वडामा दूरसञ्चार सेवा पुर्याउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो, “मुलुकका सबै भूभागमा गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्य हासिल गर्न कम्पनीले गम्भीर भएर सोच्नुपर्छ, यसका लागि मन्त्रालयले सहजीकरण गर्छ ।”

टेलिकमलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन उच्च व्यवस्थापनको ध्यानाकर्षण गराउँदै उहाँले कम्पनीलाई मुनाफामा लैजाने व्यावसायिक योजना ल्याउन आग्रह गर्नुभयो ।

मन्त्री शर्माले पेसागत हकहित र संस्थाको श्रीवृद्धिमा अनवरतरुपमा क्रियाशील हुन सम्पूर्ण कर्मचारीलाई आह्वान गर्दै तालिममा सिकेका ज्ञानलाई कार्यक्षेत्रमा लगाउन सुझाव दिनुभयो ।

“कर्मचारीको सेवा सुविधालाई समयानुकूल परिमार्जनका लागि मन्त्रालयले समन्वय र सहजीकरण गरिरहेको छ”, उहाँले भन्नुभयो, “कर्मचारीले भोग्दै आएको अप्ठ्यारा विषयलाई मन्त्रालयले ध्यान दिएको छ, मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्नुभयो ।”

कार्यक्रममा टेलिकममा क्रियाशील पेसागत सङ्घसङ्गठनका प्रतिनिधिले टेलिकम क्षेत्रमा देखिएका चुनौती समाधान गर्न, नयाँ परियोजना सञ्चालन गर्न, कर्मचारीको सेवा सुविधा समयानुकूल परिमार्जनका लागि व्यवस्थापनको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.