वैशाख महिनाभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

विद्यालयहरुमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सरकारले कोभिड नियन्त्रणसम्बन्धी आदेश समेत जारी गरी २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय गरेको छ ।
सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभएको छ ।
मन्त्री गुरुङले सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यसै गरी सरकारले संसदको हिउँदे अधिवेशन पनि सोमबारबात अन्त्य गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्