राजनीति

अन्य दलसँग छलफल गर्न भन्दै माओवादी केन्द्रको बैठक स्थगित

आज अपराह्नका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित गरिएको छ । सरकारले सोमबार देखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिनुुभयो ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग शीर्ष नेतृत्वको छलफलपछि सम्भवतः मङ्गलबार स्थायी समिति बैठक बस्ने उहाँले बताउनुुभयो । समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी समिति बैठक बोलाएको थियो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.