राजनीति

हारेको कांग्रेसलाई गठबन्धन गरेर सरकारमा ल्याए, धन्यवाद पनि नदिन ?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनकै कारण कांग्रेसले केन्द्र र प्रदेश सरकार पाएको बताउँदै सत्तारूढ गठबन्धनभित्र रहेका सबै दललाई भागबन्डा गरेर स्थानीय चुनावमा जानुपर्ने बताउनुभएको छ ।

नेविसंघको स्थापना दिवसमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दैगठबन्धनकै बलमा आफू प्रधानमन्त्री बनेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन गरेर चुनावमा जानुपर्नेमा जोड दिदै सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले गठबन्धन गर्न नहुने भन्दैआएका नेताहरुतर्फ लक्षित गर्दै भन्नुभयो, हिजोको समयमा हामीहरू हारेको हो, गठबन्धनले पोखरा र कर्णालीमा हाम्रा मुख्यमन्त्री छन्। अन्त पनि गठबन्धनबाट मुख्यमन्त्री र हाम्रा साथीहरू मन्त्री छन् ।

पाँचदलीय गठबन्धन तोड्ने हो भने २०७४ कै अवस्थामा पार्टी पुग्न सक्नेतर्फ ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। त्यसपछि के हालत हुन्छ भन्ने प्रश्न उठाउँदै ओली र माओवादी मिलेपछि कांग्रेसका धेरै साथीहरू हारेको स्मरण गराउँदै भोलि पनि त्यस्तो अवस्था नआओस् भन्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले कांग्रेस ठूलो पार्टी छ, ठूलै पार्टी होस्। हामी सानो पार्टी हुन पाउँ भनेको र त्यो उनीहरुको अधिकार पनि भएकाले त्यति त दिनैपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button