जापानव्यापी ७ औं सिल्भर रनिंङ कप खुल्ला पुरूष भलिबल प्रतियोगिताको उपाधी गल्कोट समाज जापानले हात पारेको छ।

कामाता टोकियो स्थित ओताकु सोउगो ताईकुकान सेन्टरमा भएको रोमान्चक प्रतिस्पर्धामा लगातार दुई सेट अनि चौथो सेटमा जीत निकालेको गल्कोट समाजले यसै सिजनमा दुई उपाधी हात पार्यो।
फाईनलमा तल्लो लमही क्लबलाई हराउँदै गल्कोट समाजले नगद तीन लाख दश हजार सहित रनिंङ सिल्ड हात पार्यो। उपविजेताले नगद दुई लाख दश हजार येन र पदकमा चित्त बुझायो।
गल्कोट स्पोर्टस क्लबको आयोजनामा भएको खेलमा कुल ११ समुहले सहभागिता जनाउदा गल्कोट समाज भाग्यमानी बन्दै एक महिना पछि पुन दोस्रो उपाधी रक्षा गर्न सफल भयो ।
अघिल्लो महिना बाग्लुङ समाज जापानको आयोजनामा भएको तेस्रो रनिंङ कप समेत गल्कोट समाजले जितेको थियो।
प्रतियोगितामा सेमिफाईनलमा पराजित गल्कोट समाज नागोया र गल्कोट स्पोर्टस क्लबले नगद ५५,५५५ येन सहित सान्त्वना पुरस्कार पाए।
मिराई लाईफ जीवन बीमा उत्कृष्ठ खेलाडी विपिन भण्डारी
प्रतियोगितामा विजेता समुहका विपिन भण्डारी उत्कृष्ठ खेलाडी बन्दै नगद तथा व्यक्तिगत पुरस्कार हात पारे। उनले जापानमा विदेशीहरूका लागि बीमा सेवा प्रदान गर्दै आएको नेपालीहरूद्वारा संचालित बीमा कार्यक्रम मिराई लाईफको एकवर्ष निशुल्क बीमा हात पारे।
यस्तै प्रतिस्पर्धामा व्यक्तिगत उपाधी तर्फ वेस्ट स्पाइकरमा महेन्द्र भण्डारी, वेस्ट सेटर भविन थापा, वेस्ट क्विकर कृष्ण खडका, कोच तर्फ लोकेश खत्री, उत्कृष्ठ व्लकरसमा दीपक अधिकारी, उत्कृष्ठ डिफेन्समा सुशान्त मल्ल भए। उनिहरूले बिएनपीजे मोवाइल वालेटका तर्फबाट नगद तीन हजार येन सहित हात पारे।
प्रतियोगितामा विजेता, उपविजेता तथा कार्यक्रमलाइ सहयोग गर्ने सहयोग दाताहरूमा आयोजक समितिका अध्यक्ष डिलारा निउरे, निवर्तमान अध्यक्ष लक्ष्मण कार्की, गल्कोट समाज जापानका अध्यक्ष याम खत्री, अन्तराष्ट्रिय किक बक्सिङ खेलाडी देव घिमिरे, गायक तथा आयोजक सिमितका सल्लाहकार रामकृष्णबम मल्ल, मिराइ लाइफका तर्फबाट पत्रकार आनन्द कोइराला, बिएनपीजे मोवाइल वालेटका सुजन श्रेष्ठ लगायतले पुरस्कार वितरणा गर्नुभएको थियो।
यस्तै विदेशमा किक बक्सिङको माध्यमबाट नेपाललाई चिनाउन अतुलनिय योगदान पुर्याएको भन्दै देव घिमिरे र अविरल घिमिरेलाई समेत विशेष सम्मान गरिएको थियो।
प्रतिक्रिया राख्नुहोस्