राजनीति
रामहरि श्रेष्ठ हत्या अनुसन्धान प्रभावित हुँदैन : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले व्यवसायी रामहरि श्रेष्ठको हत्या अनुसन्धान निष्पक्ष अनुसन्धान हुने र अनुसन्धान प्रक्रियामा कुनै कमजोरी हुन नदिने बताउनु भएको छ ।

बिहिबार गृह मन्त्रालयमा श्रेष्ठ पत्नी रमिला श्रेष्ठले भेट गरी आफ्ना पतिको हत्याका दोषीलाई हदैसम्म कारबाही गर्न माग गरेपछि उहाँले सो कुराा बताउनुभएको हो ।
मन्त्री लामिछानेले सरकारको नेतृत्वमा कुन दलको को छ भन्ने कुराले अनुसन्धान प्रभावित नहुने रअदालतले पीडितलाई न्याय दिने स्पष्ट पार्नुभयो ।
सो क्रममा रमिलाले आफूमाथि सुरक्षा चुनौती बढेको उल्लेख गर्दै दोषीलाई हदैसम्मका कारबाही हुनुपर्ने माग गर्नुभयो । घटनाको १६ वर्षपछि आरोपित कालीबहादुर खाम पक्राउ पर्दा न्यायको आश जागेको बताउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्