राजनीति

सुरक्षाकर्मी र चिकित्सकको तलब कट्टा नगर्न निर्देशन

सरकारले सुरक्षाकर्मी र चिकित्सकको तलब कोभिड १९ रोकथाम तथा उपचार कोषमा तलब कट्टा नगर्न सम्बन्धित निकायलाई निर्देशन पठाएको छ । यसअघि सरकारको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले अधिकृत तहदेखि माथिका प्रहरीको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

सुरक्षाकर्मी र चिकित्सकको तलब कट्टा गर्ने निर्णयको व्यापक बिरोध भैरहेका बेला सोमबार उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो ।

सोही निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले प्रहरीको तलब काट्ने निर्णय सरकारले यसअघि पनि नगरेको बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button