लक डाउनमा घरभित्रैबाट सार्वजनिक गरिन सरिश्माले 'ढुक ढुक गर्ने' गीत (भिडियोसहित)
लोकप्रिय गायिका सरिश्मा अमात्यले अमेरिकाको मेरिल्याण्ड राज्यस्थित आफ्नै घरबाट ढुक ढुक गर्ने बोलको गीत सार्वजनिक गरेकी छिन् । बाल्टिमोरमै बस्दै आएकी अमात्यले एक महिनादेखि घरभित्र नै सीमित भएको अवस्थामा आफ्नो घर भित्रै छायाँकन गरी गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन् ।
नेपालको चर्चित गायक गायिका प्रधानसंग विवाह गरी अमेरिकामा बस्दैआएकी गायिका अमात्य एक व्यवसायी पनि हुन् । संजीव र सरिश्मा अमेरिकामा नेपाली समुदायले आयोजना गनै कार्यक्रममा अमेरिका र अन्य समुदायका सांगीतिक कार्यक्रममा प्रस्तुत गर्दै आइरहेका छन् ।
गायिका अमात्यले आफ्नो पुरानो गीति एल्बम मधुरीमा २ बाट ढुक ढुक गर्ने गीतलाई नयाँ रुपमा प्रस्तुत गरेकी छिन् । उक्त गीतलाई सङ्गीत अनिल शाहीले दिएका छन् भने शब्द जनक दीपको रहेको छ ।
सम्पूर्ण छायाँकन मेरिल्याण्डमै गरीएको हो । उक्त गीतको निर्देशन,छायाँकन र सम्पादन गायक संजिप प्रधानले गरेका हुन् । उक्त गीत अप्रिल १८ ,२०२० मा सार्वजनिक गरिएको छ ।