उदयपुरमा मात्रै २१ जना कोरोना संक्रमित, मंगलबार भेटिए नौजना
मंगलबार दिउँसो एकजनामा कोरोना संक्रमण पुष्टि भएको त्यसको केही घण्टापछि नै थप ८ जनामा संक्रमण पुष्टि भएको छ र योसमेत मंगलबार उदयपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि त्यहाँ १३ जनामा कोरोना संक्रमण भएको थियो ।

मंगलबार आठजनाको विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्दा पोजटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपाली कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको हो ।
योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ। जसमा ४ जना निको भएर घर फर्किएका छन्।
गत शुक्रबार उक्त मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो । पछि बाँकी चार जनामध्ये थप एकजना पनि संक्रमण देखियो ।
प्रतिक्रिया राख्नुहोस्