अनेसास जापानको ५७ औँ साहित्य श्रृङखलामा पारिजातको चर्चा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले नियमित साहित्य श्रृङखला अन्तर्गत नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा पारिजात स्मृति दिवसको अवसरमा जापानमा रहेका नारी स्रस्टाहरु विशेष साहित्यिक कार्यक्रम सहित सम्पन्न गरेको छ । अनेसास जापान उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुमित स्मितज्यूको सभापतित्व र नेपाली राजदूतावास जापानकी राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा अप्रिल १८ तारीक आइतबारका दिन सम्पन्न भएको साहित्य श्रृङखला ५७ औँ हो ।
भर्चुअल माध्यमबाट सम्पन्न उक्त कार्यक्रम नेपाली राष्ट्रिय गानसहित सुरुवात गरिएको थियो भने पारिजातको स्मृतिमा १ मिनेट मौन धारण समेत गरिएको थियो । कार्यक्रममा २ दर्जन भन्दा बढी नारी स्रस्टाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राजदूत राणाले नारी स्रस्टाहरुको उपस्थितिमा मात्रै आयोजित उक्त फरकखाले कार्यक्रमको प्रशंसा गर्दै देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा कुशल मंगलको कामना सहित नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।
रचना वाचन समेत गर्नुभएकि राणाले अनेसास जापानले गरिरहेका कार्यको प्रशंसा गर्दै सन् २०२० मा अनेसास जापानको आयोजना र व्यवस्थापनमा सम्पन्न ऐतिहासिक सम्मेलनको सम्झना गराउदै दूतावासले समेत उक्त सम्मेलनमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोग रहने कुराको जानकारी गराउनु भएको थियो ।
पारिजात स्मृति दिवस विशेष कार्यक्रम रहेकाले कार्यक्रममा पारिजात र उनका विविध पक्षमाथि डा बुनु दाहालले प्रकाश पार्दै आफ्नो रचना समेत सुनाउनुभएको थियो ।
यसैगरी सुष्मा ओमाता, गृष्मा पौड्याल, जयन्ती मगर (सरगम), विन्दा पराजुली बराल, लिला राना मगर, सरिता ढकाल, सयपत्री थुलुङ, मन कुमारी अँगाई, रचना रचु, लक्ष्मी रेग्मी, भूमिका अधिकारी पौडेल, सुजाता देवी शर्मा, सर्मिला थापा कार्की, मिना निरौला, माया ठकुरी, इन्दु सूबेदी पौडेल, मञ्जु गिरी, प्रकृति फुयाँल, सजिना मोक्तान, दीपा घिमिरे, सविना रेग्मी, प्रविना बराल, रिआना बोगटी लगायतका स्रस्टाहरुले समेत पारिजातलाई सम्झदै र नयाँ वर्षको शुभकामना सहित रचना वाचन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अनेसास जापानका अध्यक्ष गिरिजा गैह्रे, अनेसास केन्द्रका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ र अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीद्वारा प्राप्त शुभकामना सन्देश कार्यक्रम सञ्चालकले पढेर सुनाउनुभएको थियो ।
गैह्रेले एउटा सपनालाई पूरा गर्न पाएकोमा खुसी व्यक्त गर्दै साथ र सहयोगका लागि सबैजनालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । केन्द्रीय अध्यक्ष माइलाले कार्यक्रमको प्रशंसा गर्दै ऐतिहासिक यस कार्यक्रमको भविष्यमा खोजी र मूल्यांकन हुने विचार व्यक्त गर्नुभएको थियो ।
यसै गरी गीता खत्रीले यस कार्यक्रमले पारिजातको साहित्यिक देनको महिमा बढाउनुका साथै नारी स्रस्टाहरुलाई थप हौसला प्रदान गर्नेछ भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
साथै अनेसास जापानका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु साथै आजीवन सदस्यहरुले उक्त कार्यक्रमको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
अनेसास जापानको फेसबुक पेजबाट लाईभ गरिएको उक्त कार्यक्रममा सँस्थाकी सदस्य सजिना मोक्तानले स्वागत मन्तव्य राख्नु राख्नुभएको थियो भने सहसचिव सविना रेग्मीले सञ्चालन गर्नुभएको थियो ।
अन्त्यमा कार्यक्रम सफल पार्न साथ र सहयोग प्रदान गर्नुहुने सबैजनामा हार्दिक धन्यवाद र रचना वाचन सहित कार्यक्रमकी सभापतिले कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्