अध्यादेशले लोकतन्त्र धरापमा पार्ने प्रमुख प्रतिपक्षीसहित सबै विपक्षीको निचोड
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेशले लोकतन्त्र धरापमा पार्ने निचोड निकालेका छन् ।
सोमबार सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेपछि बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलका नेताहरुको बैठकल सो निचोड निकालेको हो ।
बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सामाजिक विश्वास भत्काउने अध्यादेश स्वीकार्य नहुने बताउँदै सरकारले ल्याएको अध्यादेशले राजनीतिक स्थिरता, सामाजिक विश्वास भत्काउने र धरासायी बनाउने भएको आफूहरु अध्यादेशको विरोधमा उभिने बताउनुभयो ।
पौडेलले अध्यादेशबारे अब संसदमै अब छलफल बताउँदै सामाजिक दूरी कायम गरी संसद बैठक सञ्चालन हुनुपर्ने र त्यहाँ नै अध्यादेशबारे गम्भीर रूपमा छलफल हुने जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गलत अभ्यास गरेको बताउनुभएका पौडेलले यसबिरुद्ध राजनीतिक दलहरू, आम नागरिकलाई सहित संघीय संसदमा प्रतिनिधित्व गर्ने र प्रादेशिक संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई पनि साथै लिएर जाने सहमति भएको बताउनुभयो ।
।
अर्को प्रतिपक्षी दल समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई क्षति पुग्ने गरी सरकारले अध्यादेश ल्याएकोले विरोध गर्नु परेको बताउनु भयो । यादवले लोकतन्त्र धरापमा पार्न सरकारले अध्यादेश ल्याएको आरोप लगाउनुभयो ।
सरकारले अध्यादेश ल्याएपछि छलफल गरी सामुहिक धारणा बनाउन कांग्रेसले विपक्षी दलको बैठक डाकेको थियो। उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालगायत पदाधिकारीहरू, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक तथा सदस्यहरू, समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणालगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्