जापान

संक्रमण रोक्न नयाँ योजना- राजधानी टोकियोमा रेष्टुरेन्ट खुल्ने तर रक्सी बेच्न नपाइने

नयाँ प्रजातिको कोरोना भाइरस संक्रमणले तीब्र लहर फैलाइरहेको जापानको राजधानी टोकियोमा संक्रमण रोक्न महानगर सरकारले नयाँ प्रस्ताव गरेको छ । सरकारले टोकियो, ओसाका जस्ता ठूला शहरहरुमा संकटकाल लम्ब्याउने योजना गरिरहेकै बेला महानगरले रेष्टुरेन्टहरु खोल्ने अवधि कम गर्न, रक्सी नबेच्न तथा अन्य व्यापारिक सुविधाहरु बन्द गर्न अनुरोध गर्ने भएको छ ।

टोकियोको उत्तरवर्ती क्षेत्रमा कोरोना संक्रमण तीब्ररुपमा बढिरहेका कारण महानगर सरकारले संकटकालको घोषणा सहित कडा कदम चाल्न आवश्यक रहेको बताएको छ । यसका लागि छलफल भैरहेको बताइएको छ । समाचार अनुसार संकटकालको अवधि थप्ने विषयमा भैरहेको छलफलमा चहलपहल बढी हुने समयमा समयमा मानिसको संख्या घटाउन मे ९ वा ११ सम्म पूर्ण बन्दको घोषणा गर्ने र यसका लागि आवश्यक योजना तयार गरिनेछ ।

महानगर सरकारले ठूला व्यासवायिक क्षेत्रहरु डिपार्टमेन्टल स्टोर, मनोरञ्जनका क्षेत्रहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले बन्द गर्न अनुरोध गर्ने योजना समेत बनाइरहेको छ । त्यस्तै रेष्टुरेन्टहरुलाई भने बन्द गर्नुको साटो छोटो समयका लागि खोल्न अनुरोध गर्ने र त्यस अवधिमा रक्सी पिउन नदिने प्रस्ताव केन्द्रीय सरकारलाई गरेको छ ।

संक्रमण रोक्ने नयाँ उपायहरुको कार्यान्वयनका लागि महानगरले केन्द्रीय सरकारसंग समन्वय गरिरहेको र यी योजनाहर तत्काल घोषणा गर्ने बताइएको छ ।

गत आइतबार टोकियो गभर्नर कोइके युरिकोले राजधानी महानगरमा कोरोना संक्रमित दैनिक रुपमा बढ्दै गएपछि यसलाई रोक्ने उपायहरुको खोजी भरहेको र केन्द्रीय सरकारसंग संकटकाल लगाउन अनुरोध गर्न सकिने बताउनुभएको थियो ।

यसबीच जापान सरकारले राजधानी टोकियो सहित ओशाका ह्योगो र क्योटोमा संकटकालको घोषणाको अन्तिम तयारी गरेको समाचार छ । एनएचकेका अनुसार सत्तासीन दल लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ अधिकारीहरुले बिहिबार पत्रकारहरुमाझ सो कुराको खुलासा गरेका हुन् ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.