जन सरोकार

वैशाख १० गतेदेखि पशुपति, गुह्येश्वरी लगायतमा सर्वसाधारणलाई प्रवेश रोक

नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण तीब्रगतिमा बढ्दै गएपछि लामो समयको अन्तरालमा सर्वसाधारणका लागि खुला भएको पशुपतिनाथ, गुह्येश्वरी लगायत अन्य मन्दिरमा भोलि वैशाख १० गतेदेखि नित्य पूजा बाहेक सर्वसाधारणको प्रवेश पुनः बन्द गरिएको छ ।पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको बिहिबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नेपालमा समेत बढ्दै गइरहेको सन्दर्भमा सरकारले संक्रमण रोग ऐन, २०२० को दफा २ अनुसार आदेश जारी गरेअनुसार सोको रोकथाम तथा नियन्त्रणका लागि निर्णय लिएको कोषले विज्ञप्तिमा जनाएको छ ।

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- “वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ” छ ।

सम्बन्धित खबर

Back to top button