बिहिबार दुई सय ३९ बालबालिकासहित दुई हजार चार सय २८ जनामा कोरोना संक्रमण
बिहिबार नेपालमा दुई सय ३९ बालबालिकासहित २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँचजनाको मृत्यु भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित बालबालकामध्ये ९ वर्षमुनिका ५१ जना र १० देखि १९ वर्ष उमेर समूहका १८८ गरी २ सय ३९ बालबालिका कोरोना संक्रमित भएको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यस अवधिमा काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै मोरङमा ११३ जना, सुनसरीमा ३६ जना, पर्सामा ७९ जना, काभ्रेपलाञ्चोकमा १७ जना, चितवनमा २२ जना, नुवाकोटमा १२ जना, मकवानपुरमा ३० जना, कास्कीमा ३१ जना, स्याङ्जामा १४ जना, कपिलवस्तुमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै गुल्मीमा १० जना, दाङमा २३ जना, पाल्पामा ४२ जना, बर्दियामा ३१ जना, रूपन्देहीमा १२५ जना, कञ्चनपुरमा ३७ जना र कैलालीमा ७३ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म दुई लाख ७६ हजार ३४५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १२ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् ।