राजनीति

प्रचण्ड र नेपालको दवावपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत

प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी विवादास्द अध्यादेश फिर्ता लिन सहमत हुनुभएको छ । अध्यादेश जारी भएपछि विपक्षी दल र नेकपाभित्र पनि चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार हुनुभएको हो ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच भएको अध्यादेशबारेको छलफमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेपछि प्रधानमन्त्री ओली सहमत हुनुभएको हो ।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिंदै राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने नेता नेपालले बताउनुभएको थियो ।

दुबै नेताले प्रधानमन्त्री ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर सम्भाव्य दुर्घटना टार्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीले कानूनविदहरुसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएको बालुवाटार स्रोतको भनाइ छ ।

सरकारले मंगलबार मात्र राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएको थियो । तर यसको पार्टीभित्र र बाहिर चौतर्फी विरोध भइरहेको छ ।स्वयं नेकपाका २० जना स्थायी कमिटी सदस्यले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल गर्न स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्वयलाई लिखित पत्र बुझाएका छन् ।

सम्बन्धित खबर

Back to top button