जल/वातावरण

दुई हजार पाँच सय ५९ संक्रमित हुँदा दुई सय ५३ जना बालबालिका, उपत्यकामा नौसय बढी

नेपालमा शुक्रबार २ हजार ५ सय ५९ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई सय ५३ जना बालबालिका रहेका छन् भने काठमाडौं उपत्यकामा मात्रै ९ सय ४० जना रहेका छन् । पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ७ सय ९८ पीसीआर परीक्षणबाट २ हजार ४ सय ४९ र ८ सष् ६६ एन्टिजेन परीक्षणबाट १ सय १० जना गरी जम्‍मा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामापछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये ९ वर्ष मुनिका ५४ जना बालबालिका र १० देखि १९ वर्ष मुनिका १९९ जना रहेका छन् । त्यसस्तै काठमाडौं उपत्यकामा थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । का

ठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै बाँकेमा ३५४ , रुपन्देहीमा २२१, सुर्खेतमा ९१, दाङमा ७९, मोरङमा ७४, कैलालीमा ७२, कास्कीमा ६७, पर्सामा ६२, बर्दियामा ३९, पाल्पामा ३२, धनुषामा ३१ र मकवानपुरमा ३० जना संक्रमित भेटिएका छन् ।

चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२र२२, बारामा २१, नवलपरासी पश्चिममा १७, कपिलवस्तुमा १५, महोत्तरी र गुल्मीमा १४र१४, रौतहट र अर्घाखाँचीमा १३र१३ जना, नुवाकोटमा १२, सुनसरी र वाग्लुङमा ११र११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् । योसँगै कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ ७ सय ५५ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.