स्थानीयतह निर्वाचन
९० हजार ८३५ मतले जित्ने बालेन शाहको दाबी
चर्चित र्याप गायक तथा इञ्जिनयर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्दै शाहले काठमाडौंको मेयरमा आफूले ९० हजार ८३५ मतले जित्ने दाबी गर्नुभएको छ ।
आइतबार राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि शाहले नेपाली कांग्रेस र नेकपा एमालेको भोट काटेर जित्न आएको बताउनुभयो ।
एउटा स्वतन्त्र तथा वैकल्पिक शक्तिले अर्को यस्तै शक्तिलाई सहयोग गर्नुपर्ने उनले जनाउँदै शाहले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिलाई स्वीकार्नु पर्ने समेत बताउनुभयो ।
अघिल्लो पाँच वर्षकोजस्तो दुःख नभोग्न मतदाताले आफूलाई मत दिनुपर्ने उजनाउँदै शाहले व्यवस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्