क्रिकेटखेल

साउदीसंग अंक बाड्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा सानदार खेल पस्कैआएको नेपालले सोमबार साउदीसंग अंक बाँडेको छ । मुलपानीस्थित रंगशालामा हुने खेल वर्षाका कारण बिथोलिएपछि अंक बाँडिएको हो ।

आजको खेल नेपाली राष्ट्रिय टोलीका लागि मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल पनि हुने थियो तर, निरन्तर वर्षाका कारण रद्द भएपछि दुबै टोलीले अंक बाँडेका छन् । समूहमा ५ अंकसहित नेपाल सेमिफाइनलमा पुगेको छ ।

नौ बजे सुरु हुनेपर्ने खेल वर्षाका कारण रोकिएपछि दिउँसो १२ः३० बजे दुवै टोलीका खेलाडीले हात मिलाउँदै अंक बाँडेका थिए । दिउँसो २ः१५ बजेपछि पनि खेल हुने सम्भावना नरहेमा खेल नहुने आधिकारिक घोषणा गरिने समय राखिएको थियो ।

खेल हुने कुनै सम्भावना नै नरहेपछि म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले त्यसको झन्डै २ घन्टा अघि नै खेल रद्द भएको घोषणा गर्नुभएको थियो ।

दुई ठूला प्रतिद्वन्द्वी मलेसिया र ओमानमाथि विजय हात पारेको नेपाल सोमबारको नतिजापछि समूह ‘ए’ मा ५ अंक पुगेको छ । साउदी र ओमानबीचको लिगको अन्तिम खेल क्वार्टरफाइनल सरह हुने भएको छ र जो जितेमा उही सेमिफाइनल पुग्ने छ ।

साउदीको ३ अंक र ओमानको ४ अंक छ । साउदीले पछिल्लो खेलमा कतारलाई ७ विकेटले स्तब्ध पारेको थियो । नेपालसँग पराजित ओमानले कतार र मलेसियालाई पराजित गरेको थियो ।

नेपालले अन्तिम खेल कतारसँग खेल्ने छ र यो खेल जितेमा समूह विजेता भएर सेमिफाइनल पुग्ने छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हङकङ र बहराइन बीचको खेल पनि वर्षाका कारण हुन सकेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.