राजनीति

सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा मिलोस्

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प लगायतका विपत्तिमा सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्नुभएको छ । आइतबार गोरखा भूकम्पको छैटौं स्मृति दिवसमा एक सन्देश दिंदै उहाँले सो आव्हान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारले सन्देशमा २०७२ को भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्ने बताउँदै पुनर्निर्माणमा हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण भूकम्प, बाढी पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको भन्दै यसका लागि पर्यावरणमैत्री एवम् विपदको सामना गर्न सक्ने भौतिक संरचना निर्माणमा जोड दिनुभएको छ ।

त्यसै गरी राष्ट्रपति भण्डारीले भविष्यमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न निजी आवास, सार्वजनिक तथा सरकारी संरचनाहरुको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्न र भवनसंहिता अनुसार दिगो नवनिर्माण कार्यका लागि म सम्बन्धित निकायको ध्यान आकृष्ट गराउनुभएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.