क्रिकेटखेल

आइपिएलमा दिल्लीको रोमाञ्चक जित, गुजरात ४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले चौथों जित निकालेको छ । बुधबार राति भएको खेलमा गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित हात पर्दै दिल्लीले प्रतियोगितामा चौथों जित निकालेको हो ।

आइपिएलमा दिल्लीको रोमाञ्चक जित

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले अविजित रहँदै ८८ र अक्षर पटेलले ६६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, त्रिस्टन स्टब्स २६ रनमा अविजित रहंदा ज्याक फ्रेसरले २३ र पृथ्वी साहले ११ रन बनाएका थिए । गुजरातका लागि सन्दीप वारियरले ३ र नुर अहमदले एक विकेट लिएका थिए ।

२ सय २५ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २० रनमात्र बनाउन सक्यो । गुजरातका लागि साइ सुदर्शनले ६५ र डेभिड मिलरले ५५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै ऋद्वीमान साहले ३९ रन जोड्दा रासिद खानले २१ रनको नटआउट इनिङ खेलेका थिए ।

दिल्लीको लागि रसिक सलामले ३ विकेट लिँदा कुलदीप यादवले २ तथा एनरिच नोर्तेज, मुकेश कुमार र अक्षर पटेलले समान १-१ विकेट लिए । जितसँगै दिल्ली ९ खेलमा ८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने समान खेलमा ८ अंक नै जोडेको गुजरात सातौं स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद नेपाली समय अनुसार राति ७:४५ बजे हैदराबादमा भिड्दै छन् ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.