तीनहजार पाँचसय ५६ संक्रमित हुँदा काठमाडौं उपत्यकामा मात्रै एक हजार नौ सय बढी
सोमबार नेपालमा थप ३ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४०० पीसीआर परीक्षणबाट सोमबार ३ हजार ४ सय ४२ जना संक्रमित फेला परेका हुन् ।

संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका तीन जिल्लाका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १५ सय ६७ सहित उपत्यकामा १९ सय १२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा काठमाडौंमा १५ सय ६७, ललितपुरमा २ सय २३ र भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै ८ सय ९३ एन्टिजेन परीक्षणबाट ११४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ ।
२४ घण्टामा ३७८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ । सोही अवधिमा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित २२ हजार ४ सय ३४ छन् भने क्वारेन्टाइनमा ६५ जना रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्