स्थानीयतह निर्वाचन

काठमाडौंमा प्रमुखका लागि १६३ जनाको उम्मेदवारी

मुलुकको संघीय राजधानी समेत रहेको काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि १६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार राति ११ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि १६३ जनाको उम्मेदवारी परेको हो । साथै उपप्रमुख पदमा ८० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, ललितपुर महागरपालिकाको प्रमुख पदमा ४५ र उपप्रमुखमा २७ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

त्यस्तै, भरतपुर महागरपालिकाको प्रमुख पदमा ७४, उपप्रमुख पदमा ४४ जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.