जन सरोकार

मृत अवस्थामा तीन जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । दाङ, घोराही उपमहानगरपालिका-१३ एकता टोलस्थित मानिस नबस्ने खाली घरको आँगनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-११ कल्छेबेसी बस्ने ५८ वर्षीय बलराम गौतम सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार राति घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस्तै चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ पुरानो पुलस्थित त्रिशुली नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.