जल/वातावरण

नेपाल हुँदै तेस्रो मुलुक जान प्रतिबन्ध लागेपछि भारतीय नागरिकलाई नेपाल नआउन सूचित

भारतमा कोरोना भाइरस संक्रमणले महामारीको रुप लिन थालेपछि त्यहाँ हवाइ उडान बन्द भएका कारण नेपालको बाटो हुँदै तेसो मुलक जानेको संख्या दिन प्रतिदिन बढिरहेका बेला नेपाल सरकारले वैशाख १५ गतेदेखि त्यसमा प्रतिबन्ध लगाएको छ ।

अध्यागमन विभागले १५ वैशाखबाट लागु हुने नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाउने निर्णय गरेपछि भारतले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै सचेत गराएको छ ।

अहिले भारतबाट उडानमा प्रतिबन्ध लागेका मुलुकमा नेपाल ट्रान्जिट भई भारतीय नागरिक विदेश जाने गरेका थिए । नेपाल सरकारले संक्रमण भित्रन सक्ने भन्दै नेपालमा पीसीआर परीक्षण रोक्ने देखि तेस्रो मुलुकमा उडान रोक्ने सम्मको निर्णय गरिसकेको छ ।

नेपालस्थित भारतीय दूतावासले मंगलबार आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै तोकिएको मितिपछि नेपालबाट तेस्रो मुलुकमा जाने गरी नेपाल नआउन सचेत गराएको छ । साथै, यो अवधिमा नेपाल आइसकेका भारतीय नागरिकको सुरक्षित प्रस्तावको व्यवस्थापनका लागि भने दूतावासले नेपाली अधिकारीहरुसँग समन्वय गरिरहेको बताएको छ ।

नेपाल र भारतबीच खला सीमा भएका कारण हवाई तथा स्थलमार्गबाट यहाँ आएर काठमाडौंस्थित भारतीय दूताबासबाट कागजात बनाएर तेस्रो मुलुक जानेहरुको भीड लाग्नेन गरेको थियो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.