जल/वातावरण

मंगलबार १८ जनाको मृत्यु, चारहजार ५ सय २४ संक्रमित, काठमाडौंमा मात्रै दुईहजार बढी

मंगलबार नेपालमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २४ घण्टामा थप ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौँ उपत्यकामा करिब दुई हजार थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ । कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

यससँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.