सहकारी ठग र आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि रकम फिर्ता गरिने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले सहकारी ठग र उनीहरूको आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने बताउनुभएको छ ।

विपक्षी दलले गृहमन्त्री नै सहकारी ठगीमा मुछिएको आरोप लगाइरहेका बेला गृहमन्त्री लामिछानेले सहकारीको समस्या छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेस गर्नुभएको थियो ।
शुक्रबार गृह मन्त्रालयमा सहकारी पीडितले गरेको भेटमा उहाँले गृहमन्त्री लामिछानेले सो कुरा बताउनुभएको हो । त्इस क्रममा पीडितले सहकारी सम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा मन्त्री लामिछानेलाई धन्यवाद समेत दिएका थिए ।
भेटमा सहकारी पीडितले सहकारीसम्बन्धी समस्या समाधान चाँडो गर्न सुझाव दिएको गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिनुभयो ।
गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसके बताउनुभयो । बिहिबार मन्त्रिपरिषद् बैठकले उक्त समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्