जन सरोकार

भक्तपुरमा दाइले गरे १४ वर्षीया बहिनी बलात्कार

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

मध्यपुर ठिमीमा बस्ने एक युवकलाई आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बर्ष २३ का दाजुले आफ्नै १४ वर्षकी सहोदर बहिनीलाई जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ बोडेमा बस्दै आएका दाजुले बहिनीलाई जवरजस्ती करणी गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले बताउनुभएको छ ।

आइतबार दाजुलाई नियन्त्रणमा लिई भक्तपुर जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

Back to top button