टोकियो महानगरमा नेपाली सहित १४ भाषामा कोरोना भाइरस सहयोग केन्द्र स्थापना
जापानको राजधानी टोकियोस्थित टोकियो महानगरपालिकाले कोरोना भाइरस संक्रमणका कारण समस्यामा परका विदेश नागरिकहरुको सहयोगका लागि टोकियो कोरोनाभाइरस सहयोग केन्द्र स्थापना गरेको छ ।
सहयोग केन्द्रबाट समस्यामा परेका व्यक्तिहरुले आवश्यक परामर्श लिन सक्ने जनाइएको छ । संकटकाल लागू भएपछि सरकारी कामकाज प्रभावित भएका बेला त्यहाँ रहेका विदेशीहरुले स्वास्थ्य, श्रम तथा रोजगार, अध्यागम आदिका विषयमा आवश्यक सल्लाह पाउने छन् ।
नेपालीसहित १४ भाषामा परामर्श सेवा केन्द्र स्थापना गरिएको छ । यो सेवा आपतकालीन स्थितिमा विदेशी नागरिकहरुमा बढिरहेको असुविधाको सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको अधिकारीहरुले बताएका छन् ।
गत शुक्रबारदेखि आरम्भ भएको परामर्श सेवा विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ र यसका लागि ५० जना कर्मचारी कार्यरत छन् । परामर्श केन्द्रमा स्वास्थ्यस्थिति, कारोबार, बालबालिकाको शिक्षा तथा आप्रवासनको स्थितिका बारेमा सोधपुछ गर्न सकिनेछ ।
परामर्श केन्द्रमा हटलाइन नम्बरबाट आवश्यक सोधपुछपछि आवश्यक परेको खण्डमा स्वास्थ्य सेवा केन्द्र तथा अन्य निकायमा पम्पर्क गराइने छ । यसका लागि जापानभारिबाट टोल फ्रि नं. 0120-296-004 मा सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया राख्नुहोस्