राजनीति
जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता

सरकारलाई समर्थन गर्न आफ्ना माग पूरा हुनुपर्ने अडानमा रहेको जनता समाजवादी पार्टीको मागलाई सरकारले पूरा गर्न सुरु गरेको छ । यसै क्रममा तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको बताउँदै सो जानकारी दिनुभएको हो ।
बुधबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको बताउँदै यसरी मुद्दा फिर्ता लिएका व्यक्तिको सूचि सार्वजनिक गरिने र यो क्रम चलिरहने समेत जानकारी दिनुयो ।
जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्