प्रदेशबागमती

वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रीले बुधबार नै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो ।

नवनियुक्त मन्त्रीले अपराह्न आआफ्नो मन्त्रालयको कार्यभार सम्हाल्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । यसैगरी राज्यमन्त्री डा रामकुमार अधिकारीले पनि सामाजिक मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।

पौडेलले नेकपा (एमाले)का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहनुभएका शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहँदै आएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.