राजनीति

खर्च कटाउन दुई दिन विदा हैन- संघीयता खारेज गर : शाही

सरकारले आउँदो जेठदेखि हप्तामा दुई दिन (शनिबार र आइतबार) विदा दिने सरकारको निर्णयप्रति राप्रपा महामन्त्री कुन्ती शाहीले बिरोध गर्नुभएको छ ।

महामन्त्री शाहीले आफ्नो सामाजिक संजालमा फेसबुक पेजमा यो निर्णयको बिरोध गर्दै विदा बढाएर खर्च घटाउनुको साटो संघीयता खारेज गर्नुपर्ने भन्दै इन्धन बचाउने नीति गलत रहेको गलत रहेको बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ “स्थानीय तहको चुनावको मुखमा हप्तामा दुईदिन बिदा दिने सरकारको निर्णय गलत छ । बिदा बढाएर ईन्धन खपत घटने र खर्च कटौती हुने कुरा अपरिपक्क छ ।

शाहीले थप लेख्नुभएको छ- “देशको चिन्ता नै हो र वास्तविक खर्च कटाउने नै हो भने पहिला संघीयता खारेजी गरौ । हाम्रो देशमा अधिकार सम्पन्न बलियो स्थानीय तह भए पुग्छ । संघीयता देशले धान्न सक्दैन ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.