नेवानिको जहाज अस्ट्रेलियाबाट रित्तै फर्कला कि नेपाली लिएर आउला ?

आउँदो मे महिनाको पहिलो साता नेपाल वायुसेवा निगमको जहाज अस्टेलिया र न्यूजिल्याण्डका नागरिक लिएर सिडनी जाँदैछ र सो जहाज त्यहाँबाट रित्तै फर्कन्छ कि त्यहाँ रहेका कतिपय नेपालीहरुलाई लिएर आउँछ भन्ने कुतुहलता अहिले जागृत भैरहेको छ । तर यस विषयमा अहिलेसम्म सरकारले कुनै निर्णय गरेको छन ।
अस्ट्रेलियामा रहेका नेपालीहरुमा यस्तो जिज्ञासा रहे पनि त्यहाँ रहेको नेपाली दूताबासले तत्काल नेपालीहरु स्वदेश फर्कन पाउने विषयमा कुनै निर्णय नभएको जनाएको छ ।
अस्ट्रेलियास्थित नेपाली दूताबासले एक विज्ञप्ति जारी गरी अस्ट्रेलियामा रहेका नेपालीहरु फर्कन पाउनुपर्ने माग भैरहका बेला तत्काल सो सम्भव नरहेकाले तत्काललाई धैर्यधारण गर्न अनुरोध गरेको छ ।
सिडनी आउने जहाजमा यहाँ रहेका र नेपाल जानैपर्ने अवस्था भएका नेपालीहरूलाई फर्काउनुपर्ने माग अनलाइन पत्रपत्रिका, सामाजिक सञ्जाल, टेलिफोन तथा इमेलबाट प्राप्त भइरहेका छन् । नेपाली नागरिकहरूबाट प्राप्त यस्ता अनुरोधहरूलाई राजदूतावासले अत्यन्त गम्भीरताका साथ ग्रहण गर्नुका साथै त्यस्ता अनुरोधहरूलाई नेपाल सरकारसम्म पुर्याउने काम गरिरहेको गरिरहेको दूताबासले जनाएको छ ।
आगामी मे महिनाको पहिलो साता नेपालमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक एवम् स्थायी बासिन्दाहरूलाई लिएर नेपाल एअरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी आउन लागेको सन्दर्भमा सोही जहाजमा यहाँ रहेका र नेपाल जानैपर्ने अवस्था भएका नेपालीहरूलाई फर्काउनुपर्ने माग अनलाइन पत्रपत्रिका, सामाजिक सञ्जाल, टेलिफोन तथा इमेलबाट प्राप्त भइरहेका छन् । नेपाली नागरिकहरूबाट प्राप्त यस्ता अनुरोधहरूलाई राजदूतावासले अत्यन्त गम्भीरताका साथ ग्रहण गर्नुका साथै त्यस्ता अनुरोधहरूलाई नेपाल सरकारसम्म पुर्याउने काम गरिरहेको छ ।
विज्ञप्तिमा भनिएको छ “यस विषम परिस्थितिमा स्वदेश फर्किने नेपाली नागरिकहरूलाई व्यवस्थापन गर्न पर्याप्त संयन्त्र एवम् स्रोतसाधनको अवस्था, विद्यमान स्वास्थ्य संरचना, स्वदेश फर्किने नागरिकहरूको परिवार एवम् समुदायको स्वास्थ्य जोखिम तथा यस अवस्थामा यात्रा गर्नु त्यति सुरक्षित नहुने जस्ता विषयलाई मनन गर्दै केही समयको लागि धैर्यधारण गरी आफू जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रूपमा रहनुहुन यस राजदूतावास हार्दिक अनुरोध गर्दछ ।”