स्वास्थ्य

आजबाट कोरोनाबिरुद्धको खोप स्थगित

सरकारले आजदेखि कोरोना बिरुद्धको खोप लगाउन बन्द गरेको छ । बुधबार स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गरी चैत्र २५ गतेदेखि १८ वर्षदेखि ५९ वर्षसममका व्यक्तिहरुलाई भेरोसिल खोप लगाइरहेकोमा आज वैशाख १६ गतेदेखि स्थगित गरिएको जानकारी दिएको हो ।

कार्यालयले निषेधाज्ञाको अवधिमा पनि खोप अभियान चलाइरहने सुरुको योजना भए पनि बुधबार बेलुका मात्रै स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र व्यवस्थापन महाशाखाको सूचनाका आधारमा स्थगित गरिएको हो ।

केही दिनयता कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड अत्यधिक बढेको थियो । दूरीबिना टास्सिएरै लाइन बसेर खोप लगाउनेहरु बढ्न थालेपछि त्यहीँबाट कोरोना फैलन सक्ने त्रास भएको भन्दै भीड व्यवस्थित गर्न आवाज उठिरहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.