समाचार

जसपाका लुम्बिनी प्रदेशका चार सांसद निष्काशनपछि राजेन्द्र महतो आक्रोशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथिको अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै सरकारमा सामेल भएर मन्त्री पदको शपथ लिएका चार सांसद निष्काशित भएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतो आक्रोशित हुनुभएको छ । उहाँले नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको बताउनुभएको छ ।

यसअघि जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे निस्कासनमा परेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत जानकारी दिनुभएको थियो ।

निलम्बित सांसदहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको साढे तीन घण्टामै वैशाख ६ गते तीनजनालाई मन्त्री र एकजनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

पार्टी नीति र निर्णयविपरीत प्रदेश सरकारमा मन्त्री बनेको भन्दै जसपाको लुम्बिनी प्रदेश संसदीय दलले वैशाख ७ गते कारबाही प्रक्रिया अघि बढाएको थियो । जसपा संसदीय दलका नेता सहसराम यादवले चारैजना सांसदलाई छुट्टाछुट्टै रुपमा २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

चार सांसदलाई कारबाहीपछि नेता महतोले सांसद पदमुक्त गर्ने निर्णय फर्जी भएको भन्दै स्वीकार नगर्ने बताउँदै पार्टीको त बैठक नै बसेको छैन यो फर्जी कसले गर्‍यो भन्दै प्रश्न उठाउनुभएका छ ।

तर प्रदेशसभा सचिवालयले प्रकाशित गरेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ९५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.