अर्थ

वायुसेवाकै कर्मचारीको मिलेमतोमा संगठित सुन तस्करी

नेपालमा पुनः संगठित रुपमा सुन तस्करी हुन थालेको पुनः पत्ता लागेको छ । पछिल्लो समय वायुसेवाका कर्मचारी नै सुन तस्करीमा लागेको तथ्य भेटिएको छ ।

सुन

समाचार अनुसार हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेपछि संगठित रुपमा सुन तस्करी गर्ने प्रयास गरिरहेको भेटिएको हो ।

विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार पछिल्लो समय विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँच जना पक्राउ परेका हुन् ।

एसएसपी ढकालका अनुसार उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोजेका थिए । तर चेकजाँचका क्रममा पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.