स्थानीयतह निर्वाचन
उम्मेदवारी फिर्ता लिन धाक-धम्की नदिनु
सत्ता गठबन्धनका उम्मेदवारबिरुद्ध विद्रोही उम्मेदवारी दिएका कतिपय उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गराउन सरकार नै लागिपरेको अवस्थामा निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि धरपकड नगर्न आग्रह गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गरी निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड गरेको सूचना आएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।
आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको जनाउँदै सरोकारवालालाई त्यस्तो नगर्न आग्रह गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्