राजनीति

इलाम उपनिर्वाचन : पाँच पालिकाको मतगणना बाँकी हुँदा सुहाङ हजार बढी मतले अघि

इलाम निर्वाचनन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनको मतगणनाा जारी छ । जिल्लाका पाँच पालिकाको मतगणना बाँकी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायम छ ।

मध्यरातसम्मको गणनाको परिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार २७ मत ल्याउँदै निकटत प्रतिस्पर्धीभन्दा एक हजार २ सय ६८ मतले अग्रता लिनुभएको छ ।

मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ३ हजार ७५९ मत ल्याउनुभएको छ भने तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु र चौथोमा रास्वपाका उम्मेदवार मिलन लिम्बु कायमै रहनुभएको छ ।

डकेन्द्रको १ हजार ९ सय ९६ मत आउँदा मिलनको ७ सय ६० मत आएको छ । अब इलाममा पाँच पालिकाको मात्रै मतगणना बाँकी रहेको छ ।

इलाम–२ मा ६९ हजार दुई सय ८७ मत खसेको थियो । अहिले चुलाचुली गाउँपालिका–१ को मतगणना सुरु भएको छ । अब इलाम–२ का चुलाचुलीसहित मांङ्सेबुङ, माई नगरका तीन वटा वडा (वडा ६, ७, ८), इलाम नगरपालिका र देउमाई नगरपालिका गन्न बाँकी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.