प्रहरीको गोली प्रहारबाट वीरगञ्जमा एक भारतीय घाइते
गत असोजमा काठमाडौंको गोठाटारमा भएको हत्याकाण्डका एक आरोपी भारतीय नागरिकलाई प्रहरीले वीरगञ्जमा गोली हानी पक्राउ गरेको छ ।

प्रहरीको गोली लागी भारतीय नागरिक बब्लु पासवान घाइते भएका छन् । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ ।
असोजमा गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो।
सोही क्रममा प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको प्रहरीले गोली चलाएर नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले बताउनुभयो ।
व्यवसायी सुरेश केडियाको अपहरणमा दुई वर्ष जेल बसेर छुटेका पासवानको देब्रे खुट्टामा गोली लागेको छ र हाल नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
२०७९ असोज ३ गते काठमाडौंको गोठाटारमा मोहम्मद मारिएका थिए । उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।
आफ्नो मुलुकविरुद्ध गतिविधि गर्दै आएको आरोप लागेका व्यक्तिहरुलाई भारतले छिमेकी मुलुकमा पेशेवर अपराधी वा विभिन्न व्यक्तिलाई प्रयोग गरेर हत्या गर्ने गरेको आरोप लाग्दै आएको छ ।
दुई दशक अघि काठमाडौंको सिफलमा तत्कालीन सासद मिर्जा दिलसाद बेगको भारतीय पक्षबाट हत्या गरिएको थियो । मिर्जालाई पनि भारतीय पक्षबाट पाकिस्तानी एजेन्टको आोप लगाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्