राजनीति

वैशाख २० गते अर्को बैठक बस्ने गरी नेकपा सचिवालय बैठक सकियो

पार्टीभित्रको आन्तरिक विवाद सल्ट्याउन बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले वैशाख २० गते अर्को बैठक बस्ने तय गरेको छ ।

आजको बैठकमा पछिल्लो अवस्थाबारे छलफल भए पनि कुनै पनि निर्णय हुन सकेन । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभयो आज हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो र, छलफल जारी छ ।’

उहाँका अनुसार पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय भएको छ । सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ ।

सम्बन्धित खबर

Back to top button