राजनीति

महिलामाथि अभद्र व्यवहार गरेको भन्दै स्थापितलाई कारबाहीको माग

केही दिनअघि नेशनल कलेजमा काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार केशव स्थापितको अभिव्यक्तिलाई लिएर महिला अधिकारवादी चार दर्जन संघसंस्थाले आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन् ।

कार्यक्रममा एक युवतीले केशव स्थापितले आफ्नै महिला कर्मचारीलाई यौन हिंसा गरेको र त्यस्तो मान्छेलाई कुर्सीमा बस्न नसुहाउने टिप्पणी गरेपछि स्थापित आक्रोशित हुँदै आरोप लगाउँदैमा नहुने प्रमाणित हुनुपर्छ भन्दै चर्किनुभएको थियो ।

प्रश्नकर्ता र स्थापितबीच चर्काचर्की

स्थापितले भन्दैमा हुने भए म यो नानीले वेश्यावृत्त गर्छ भनेर लेखिदिउँ भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । स्थापितले सार्वजनिक कार्यक्रममा युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘‍यस्ता असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्छ’ ।

चुनावको मुखमा उठेको ‘मि टु’को आरोप

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button