इलाम २ मा सुहाङ नेम्वाङ ठूलो मतान्तरले विजयी
इलाम क्षेत्र नं. २ मा सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ ठूलो मतान्तरले विजयी हुनुभएको छ ।

यही वैशाख १५ गते भएको उपनिर्वाचनमा सुहाङ २७ हजार ७ सय ७२ मतसहित विजयी हुनुभयो भने नेपाली कांग्रेस उम्मेदवार डम्बर खड्काले २१ हजार ९ सय ४२ मत पाउनुभयो ।
मंगलबार विहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार नेम्वाङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी हुनुभएको हो ।
२०७९ कोे आमनिर्वाचनमा सो क्षेत्रबाट विजयी नेकपा एमालेबाट सुवास नेम्वाङको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको सो स्थानमा सुहाङलाई उम्मदवार बनाएको थियो ।
यसै गरी निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए ।
प्रतिक्रिया राख्नुहोस्