जन सरोकार

चारजना बालबालिकाको मृत्युपछि रोल्पाको जंगलमा रहेको अर्को बम निष्क्रिय

बिहिबार रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको जंगलमा बाख्रा चराउन गएका चार स्थानीय बालबालिको आफूले फेला पारेको बेवारिसे बम खेलाउने क्रममा विस्फोट हुँदा ज्यान गएपछि भएको खोजीमा फेला परेको बम निष्क्रिय पारिएको छ ।

दहवनबाट गएको सेनाको टोलीले बम डिस्पोज गरेको हो । सोही ठाउँमा अर्को विस्फोटन नभएको बमसमेत रहेको भन्ने स्थानीय बासिन्दाले दिएको जानकारीका आधारमा सेनाको टोली पुगी डिस्पोज गरेको हो ।

बम विस्फोटमा परी ज्यान गुमाएका बालबालिकाको शव स्थानीय जनप्रतिनिधि, प्रहरी र पीडित परिवारको उपस्थितिमा मुचुल्का उठाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विस्फोटमा पर मृत्यु हुनेमा त्रिवेणी–७ का लालबहादुर केसीका ११ वर्षीया छोरी विमला र पाँच वर्षीय छोरा विजय केसी तथा ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव छन् । मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताउनुभयो । उहाँले घटना भएको स्थानमा थप अनुसन्धान गर्नसमेत आग्रह गर्नुभयो ।

घटनास्थलमा प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकसमेत पुगी जानकारी लिनुुभयो । बालबालिकाले जंगलमा बम भेटाएर फर्की दुम्ला खोलामा खेलाउँदा विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ । सशस्त्र द्वन्द्वका बेला दुम्ला डाँडामा तत्कालीन माओवादी र नेपाली सेनाबीच भिडन्त भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.