राजनीति

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीलाई सोध्ने प्रचण्ड नेपालको प्रश्नावली तयार

चरम विवादमा मुछिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको रणनीति तय भएको छ ।

शुक्रबार साँझ नेपाल निवास कोटेश्वरमा अध्यक्षा प्रचण्ड, नेपाल सहित ओलीको विपक्षमा रहेका नेताहरूबीच भएको छलफलमा शनिबार साँझ बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुनेबारे रणनीति तय भएको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिनुभएको छ ।

सुरुदेखि नै प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै आउनुभएका नेता राववका अनुसार प्रधानमन्त्रीले बालुवाटारबाटै गुटबन्दी गर्ने, सांसदहरू हस्ताक्षर गर्ने काम गर्नुभएकाले हामीले पनि के गर्ने भन्नेबारे गम्भीर भएर सोच्नु पर्ने बेला आएको निष्कर्ष निकाल्नुका साथै सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावबारे प्रधानमन्त्रीबाट थप प्रष्टता खोजिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘वामदेव कमरेडलाई प्रधानमन्त्री बनाउने भन्नुभएको छ, उहाँलाई प्रधानमन्त्री बनाउने आधार के(के हुन् भन्नेबारे सचिवालयमा प्रधानमन्त्रीलाई सोध्ने कुरा भएको छ,’ रावलले भने,‘हिजो सचिवालयले वामदेवलाई राष्ट्रिय सभामा मनोनयन गर्न गरेको निर्णय कार्यान्वयन नगर्ने प्रधानमन्त्रीले कसरी उहाँलाई प्रधानमन्त्री बनाउनु होला।’

त्यसो त नेपालसँग छलफल गर्नुअघि प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग पनि छलफल गर्नुभएको थियो । तर उहाँहरूबीच के के कुराकानी भयो भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.